स्कटल्याण्ड युरोकपबाट बाहिरियो

एजेन्सी । स्कटल्याण्ड जितविहीन हुँदै युरोकप फुटबलबाट बाहिरिएको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले पहिलो जित निकाल्दा स्कटल्याण्ड बाहिरिन पुगेको हो ।

हंगेरीका लागि केभिन कोबोथले गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयको दशौँ मिनेटमा गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बनेको थियो ।

यसअघिका दुई खेल हारेको हंगेरी ३ अंक जोड्दै समूह ‘ए’ को तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here