पोषराज पोखरेललाई एआईजी बढुवामा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here