दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार सुपर आठको अन्तिम खेलमा वेस्ट इण्डिजलाई डकवर्थ लुइस मेथडमा पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको हो। वर्षाका कारण १७ ओभरमा घटाइएको खेलमा १२३ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर नजिता आफ्नो पक्षमा पारेको हो।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिक क्लासेनले २२, मार्को जानसेनले २१, एडेन मारक्रमले १८ र क्विन्टन डीककले १२ रन बनाए। वेस्ट इन्डिजका लागि रोस्टन चेसले तीन, आन्द्रे रसेल र अल्जारी जोसेपले दुई-दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here