रुसबाट तेल आयातमा भारतले बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतले रुसबाट हुने तेल आयातमा नयाँ रेकर्ड बनाएको छ । छुट सुविधाको फाइदा उठाउँदै भारतले सन् २०२४ को मे महिनामा रुसबाट हालसम्मकै धेरै तेल आयत गरेको हो ।

आयल प्राइसका अनुसार भारतले मे महिनामा रुसबाट दैनिक करिब २१ लाख ब्यारेल तेल आयात गरेको छ । यो रुसबाट कुनै पनि महिनामा भएको सबैभन्दा धेरै आयात हो ।

चीनबाट मागमा कमी आएपछि रुसले तेलमा डिस्काउन्ट बढाउँदै गएको छ । त्यसको फाइदा उठाउँदै भारतको तेल आयात ऐतिहासिक उचाइमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

गत महिना भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता बनेको छ । यस्तै, भारतमा रुसी तेलको हिस्सा ४१ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

मेमा अप्रिलको तुलनामा रुसी तेल आयात १४.७ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढेको हो ।

अप्रिलको तुलनामा मेमा भारतको तेल आयात समग्रमा ५.६ प्रतिशतले बढेर प्रतिदिन ५१ लाख ब्यारेल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here