काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ ।
सोमबार अपराह्न नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । एनसेलको नेटवर्कमा भने समस्या छैन । समस्याको कारण के हो भन्ने खुलेको छैन ।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।