कोलम्बियाको विजयी सुरुवात, पाराग्वे अंकविहीन

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

आज बिहान सम्पन्न समूह ‘डी’ काे खेलमा पाराग्वेलाई २–१ गोलले हराउँदै कोलम्बिया विजयी भएको हो । कोलम्बियाका लागि डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरेका थिए । यस्तै, पाराग्वेका जुलियो इनसियोले एक गोल फर्काएका थिए ।

यो जितसँगै कोलम्बिा पहिलो खेलबाट ३ अंक जोड्दै समूहको शीर्षस्थानमा छ । ब्राजिल र कोस्टारिका १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । पराजित भएको पाराग्वे अंकविहीन हुँदै पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here