बजेटमाथि मन्त्रालयगत छलफलमा उठेको प्रश्नमा यस्तो दिए प्रधानमन्त्रीले जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले टेरेनन् भन्ने आफूलाई नपरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले परम्परागत शैलीलाई बदल्न नसकिएको बताए ।

परराष्ट्र मन्त्रालयको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए । प्रधानन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाइने जानकारी दिए ।

राजदूत सिफारिस गर्ने प्रक्रिया सच्याउन सकिने बताए । बैठकमा बोल्दै मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ८(ग) बमोजिम नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पुरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ। राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here