टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग अफगानिस्तान ५६ रनमा अल आउट

एजेन्सी । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमै अलआउट भएको छ । टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाए ५६ रन बनाएको हो ।

अफगानिस्तान दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण सामू निरिह बन्यो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८-८ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।
एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here