उद्योग परिसंघ र बेलायती राजदूत बीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेन बीच भेटवार्ता भएको छ । परिसंघ सचिवालयमा भएको भेटवार्तामा द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान संचालन गरिरहेको जानकारी दिँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको अग्रवालले बताए ।

उनले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

नेपालको पूर्वाधार, विद्युत तथा नवीकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।

छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here