पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए ।

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

त्यसमध्ये एक प्रतीक पनि हुन्। बुवा गृहमन्त्री भएकाबेला शरणार्थी प्रकरणमा उनी पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here