फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here