बिहेको लगन नजिकिदै गर्दा किन बढ्यो सुनको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र

मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।