भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत

काठमाडौं । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि अहिले रूसमा छन्। सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच भएको वार्तामा यस्तो सहमती भएको हो ।

मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको हो । यससँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो। भारतीय नागरिकलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने भएको छ। एनडिटिभीका अनुसार कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको छ।

सोमबार रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमणबाट कम्तिमा ४१ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here