काठमाडौं । सोमबार नेपाली बजामा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।
शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । स्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।चाँदी यस दिन १८८५ रुपैयाँ कायम भएको छ ।