दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता दोब्बरले वृद्धि भएको छ। उद्योग विभागको तथ्यांकले गत आर्थिक वर्ष २०८०\८१ मा अघिल्लो आव २०७९\८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि देखाएको छ ।

सो अवधिमा नेपालमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

अघिल्लो आव २०७९\८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर भित्रिएको थियो । यसवर्ष गत आवको तुलनामा २३ अर्ब ५० करोड रुपैयाँ बढी वैदेशिक लगानी भित्रिएको हो ।

यो वर्ष असार महिनामा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ । उद्योग विभागका अनुसार असारमा गत आवमै सबैभन्दा बढी १७ अर्ब ४८ करोड ४७ लाख बराबर वैदेशिक लगानी भित्रिएको छ ।

सरकारले वैशाखदेखि ‘अटोमेटिक रुट’ बाट एफडीआई भित्र्याउन थालेकोमा यस वर्ष १६ अर्ब १९ करोड रुपैयाँ बराबर एफडीआई अटोमेटिक रुटबाट भित्रिएको विभागको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here