मौलाकाली केबलकारले ल्यायो सोमबारे सन्ध्या आरती अफर, टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । गैंडाकोटाको मौलाकाली केबलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको छ । मौलाकाली केबलकार लिमिटेडले सोमबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुटको अफर ल्याएको हो ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रसिद्ध माता मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरेर हरेक सोमबार साँझ महाआरती हुने तय गरिएको बताएको छ । सोही महाआरतीलाई लक्षित गरी कम्पनीले केबलकारमा छुट अफर ल्याएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।

साँझपख मन्दिरमा गई महाआरतीमा सहभागि हुन चाहने धेरै यात्रु तथा भक्तजन सो अफरबाट लाभान्वित हुने कम्पनीको विश्वास छ । महाआरतीको लागि साँझ ५ बजेदेखि राति ८ बजेसम्म केबलकार संचालन हुनेछ । छुट अफर अवधि अर्थात साउन महिनाभर मा टिकट मूल्य २७५ रुपैयाँ रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here