सौर्य एयरको जहाज दुर्घटना अपडेट :१८ जनाको शव निकालियो

photo-social media

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। हालसम्म अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरेर केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here