गलौँदीमा सडक भासिँयाे, सवारी आवतजावत बन्द

काठमाडौं । पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँएकाे छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको छ।।

सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी रहकाेले नराेकिएसम्म मर्मत गर्न नमिल्ने उनले जानकारी दिए।