२६ सय पुगेको बजार २५३६ अंकमा झरेर बन्द, १६ अर्ब २० करोड रुपैयाँको कारोबार

काठमाडौं । बुधबार सेयर बजार २५३६ अंकमा झरेर बन्द भएको छ । खुलेको २६ मिनेटमा २६०० अंक पुगेको नेप्से सामान्य उतारचढावपछी २५ सयमा ओर्लिएर बन्द भएको छ ।

आज कारोबारमा आएका कुल ४६ कम्पनीको मूल्य बढेको छ । त्यस्तै १९४ कम्पनीको सेयर घट्यो भने दुईको स्थिर रह्यो । आज १६ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

आज फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स समूह ३३ अंकले बढ्यो । त्यस्तै होटल तथा पर्यटन समूह ८ अंकले बढेको छ । यता व्यापार समूहको सूचक सबैभन्दा धेरै ३ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here