एकैदिन २४ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फाइलफोटो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ११ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला २४ सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here