३ सय रुपैयाँले ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा झरेको हो ।

बिहीबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतिततोला १७ सय ३० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here