बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपालीलाई विनाधितो ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई विनाधितो ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले बैंक खातामा विप्रेषण पठाउने सुनिश्चित भएसँगै बिना धितो ऋण उपलब्ध गराउन सकिने बताएका हुन् ।

सरकारले चालु आर्थिक बर्षको बजेट वक्तव्यमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरेको छ । मौद्रिक नीतिले त्यसलाई स्वीकारदै साथ दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here