त्रिशूलीमा बेपत्ता बसको खोजीमा आजबाट ठूला चुम्बक प्रयोग गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । खोजी कार्य भने जारी छ ।

एक सातायता भारतीय टोली समेत खोजीमा सक्रिय छ । भारतीय टोलीले एक सातायता खोजी कार्य गरिरहेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ । ती मध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।

सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा २८ असारमा खसेको बसमा ६५ यात्रु सवार रहेको र त्यसमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here