पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो ।

मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो । उनले आफू पदमा रहँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले यसअघि दोषी ठहर गरेको थियो । अहिले सर्वोच्चले पनि विशेषको फैसलालाई नै निरन्तरता दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here