प्रतितोला ४ सयले बढ्यो सुनको भाउ

काठमाडौं। सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १७ सय ५० रुपैयाँ पुगेको छ। आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here