२८ सय नाघेको सेयर बजार २७५५ अंकमा झरेर बन्द, २१ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार २७५५ अंकमा झरेर बन्द भएको छ। आज २८०५ अंकसम्म पुगेको बजार अन्तमा
२७५५ मा झरेर बन्द भएको हो ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५ दशमलव २९ अंक घटेको हो । परिसूचकसँगै हिजोको तुलनामा कारोबार पनि केही घटेको छ। अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो । यस दिन भने २१ अर्ब ७१ करोडको कारोबार भयो ।

आज ७४ कम्पनीको मूल्य बढेको छ। जीवन बीमा समूह सबैभन्दा धेरै ३ दशमलव६९ प्रतिशत तथा निर्जीवन बीमा १ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै लगानी २ दशमलव ७४, फाइनान्स १ दशमलव ७७, होटल तथा पर्यटन ० दशमलव३५ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकिङ १ दशमलव३९, विकास बैंक ० दशमलव ७९, हाइड्रोपावर १ दशमलव ९० उत्पादन १ दशमलव ०४, माइक्रोफाइनान्स ० दशमलव ८२, अन्य ० दशमलव २२ तथा व्यापार समूह ३ दशमलव ५४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here