मंगलवार प्रतितोला ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ असोज । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ६९ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

सोमवार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ८ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि ८ सय रुपैयाँले कमी आएको छ । सोमबार प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलवार ६८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार ८ सय ७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here