नबिल बैंक र नमस्ते पेविच साझेदारी, एनबैंकबाट नमस्तेमा पैसा लोड गर्न सकिने

`
काठमाडौं, २३ साउन । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो सहकार्यसंगै अब नबिल बैंकका ग्राहकहरूले एनबैंक एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्ने बैंकले बताएको छ ।

यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने शर्माले बताए । उनले भने, ‘डिजीटलाइजेसनमा महत्वपूर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको छ।’

त्यसै गरी विजुक्छेका अनुसार नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ । यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने उनले बताए।

नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नमस्ते पे डिजिटल वालेट सञ्चालन गरिरहेको नेपाल दूरसञ्चार कम्पनीको भगिनी संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here