जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा बिहीबार ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भुकम्पपश्चात सुनामीको चेतावनी जारी गरिएको अन्तरराष्ट्रिय
सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको केन्द्र रहेको मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here