प्रधानमन्त्री ओली र माधव कुमार नेपालले अभिनय गरेको फिल्मको श्रव्य-दृष्य सार्वजनिक

काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् ।

२०७७ सालमा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको थियो ।

निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाका अनुसार चलचित्रलाई वास्तविक रुपमै तयार पार्न यसो गरिएको हो । सामाजिक विषयवस्तु उठान गरिएको र एसिड आक्रमण जस्तो कार्यलाई जरैबाट निर्मूल गर्न यस्ता चलचित्र बन्नु जरुरी रहेकाो उनी बताउँछन् ।

चलचित्रमा अभिनय गरेकी एसिड पीडित मुस्कान खातुनले समाजमा यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाही समेत देखिएका छन् । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here