बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । निर्मलादेवी कुर्मीको हत्याको आरोप लागेको बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको हो।

शुक्रबार अभियन्ता रूबी खानसहित मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खाली खुट्टा हिँडेर माइतीघर आएका छन्।

उनीहरूले बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here