फेरी वाम एकता गर्ने योजनामा प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वाम एकताका लागि इच्छुक रहेको देखिएको छ । प्रचण्डले प्रस्ताव पार्टी स्थायी समिति बैठकमा बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव राखृर यस्तो इच्छा व्यक्त गरेका हुन् ।

शनिबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् ।
सो अवसरमा प्रवक्ता अग्नि सापकोटाले जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको बताए ।

पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने प्रचण्डले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रमसहित जनतामा जाने प्रचण्डको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here