सामान्य घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १७ सय १५ मा झरेको छ । आईतबार चाँदी प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here