नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति बन्द हुने

काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ ।

टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ। टेलिकमले एक सूचना जारी गर्दै आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जानकारी गराएको हो ।

यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ। सेवासम्बन्धी समस्याका लागि नेपाल टेलिकमले अनुरोध गरेको छ ।