तोलामै ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला ६९ हजार ८ सय

काठमाडौं, १५ असोज । केही दिनयता निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेको छ ।

मंगलबार ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ६ सय रुपैयाँले बढ्दै प्रतितोला ६९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । मंगलवार ६८ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य बिहिवार ६९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

मंगलवार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here