नागढुंगा नजिक पहिरो गएपछी राजमार्ग अवरुद्ध

काठमाडौं। काठमाडौं प्रवेश गर्ने मूख्य नाका नागढुंगा नजिक पहिरो गएपछी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

नागढुंगाको नाग मन्दिर नजिक पहिरो खसेका उपत्यका ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

पहिरो बेलाबेलामा झरिरहेको र पन्छाउने काम भइरहेकोले आवतजावत सूचा गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ । यस्तो अवस्थामा कतिपय सवारी साधन खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here