सेयर बजारमा २.११ अंकको बृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं। बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बढेको छ। दुई दिनको बिदापछी खुलेको बजार आज १९६८ दशमलव ४४ को बिन्दुमा बन्द भएको हो ।

सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो। आज कारोबार रकम भने केही घटेको छ ।

बुधबार वित्त कम्पनी तथा बैंकिङ उपसूचक समेत वृद्धि भएको छ । यता लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायत उपसूचक गिरावट आएको छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ४ दशमलव९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ० दशमलव ७२ प्रतिशत, बैंकिङ उपसूचक ०दशमलव ५९ प्रतिशत, लगानी उपसूचक ०दशमलव१२ प्रतिशत र अन्य उपसूचक ० दशमलव १८ प्रतिशतले वृद्धि भएको छ ।

व्यापार उपसूचक २ दशमलव ०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १ दशमलव ०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ० दशमलव७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ० दशमलव ६८ प्रतिशतले गिरावट भएको छ ।

आज ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेचबाट १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ६६ करोडको सेयर कारोबार भएको छ । त्यस्तै अपी पावरको ४५ करोड ७८ लाख र एभरेस्ट बैंकको ४५ करोड १० लाखको सेयर कारोबार भएको छ । त्यस्तै सानिमामाई हाइड्रोपावरको ३६ करोड ८१ लाखको सेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here