चालु आवको पहिलो महिनामै घट्यो निर्यात, १ खर्ब १६ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक बर्ष २०८१\८२ को पहिलो महिना साउनमा नेपालको निर्यात व्यापारमा ९ प्रतिशतको गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत आर्थिक बर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा नेपालको निर्यात व्यापार ९दशमलव६३ प्रतिशतले घटेको छ। गत आवको पहिलो महिना साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आवको साउनमा भने जम्मा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ ।

जसले गर्दा कुल वैदेशिक व्यापारमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत आबको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको थियो ।

विभागका अनुसार चालु आवको साउनमा भने १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु मात्रै आयात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो । गत आर्थिक बर्षको साउनमा १ खब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here