पहिलो पटक संघीय भूउपयोग परिषद् गठन,कोको छन् परिषद्का सदस्यहरु ?

काठमाडौं। भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको पहलमा संघीय भूउपयोग परिषद् गठन भएको छ । बि.स. २०७६ सालदेखि गठनको प्रयास भए पनि सफल हुन नसकेको भूउपयोग परिषद् मन्त्री अधिकारी आएपछि निरन्तरको पहलकदमीले परिषद् गठन सम्भव भएको हो ।

भूउपयोग नीति, २०७२ अनुसार भूउपयोग सम्वन्धी नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न संघीय तहमा संघीय भूउपयोग परिषद् गठन गरिएको छ ।जसमा मन्त्री अधिकारीको अध्यक्षतामा बिभिन्न बिषयगत मन्त्रालयका सचिवहरुसहित नेपाल सरकारका पुर्वसचिव डा.रेवतीरमण पौडेल, खाद्य सुरक्षा बिज्ञ डा. यमुना श्रेष्ठ, भूउपयोग योजना बिज्ञ डा. रेश्मा श्रेष्ठ र भूमि बिशेषज्ञ जगतबहादुर देउजा सदस्यको रुपमा रहेका छन् ।

संघीय भूउपयोग परिषद्लाई भूउपयोग ऐन २०७६ ले भूउपयोग नक्सा डाटा तयार गर्ने, भूउपयोग क्षेत्रको बर्गीकरण, योजना तर्जुमा र कार्यान्वयन सम्वन्धी अन्य आवश्यक आधार तथा मापदण्ड तयार गर्ने, अन्तरप्रदेशमा देखिने भूउपयोग सम्वन्धी जग्गा बिवाद समाधान गर्नेलगायतका अधिकार प्रदान गरेको छ।
संघीय संगसगैं प्रदेशमा प्रदेश भूउपयोग परिषद् र स्थानीय तहमा स्थानीय भूउपयोग परिषद् गठन गर्ने ब्यवस्था रहेको छ ।

भूउपयोग कानुनको पालना गर्न तिन तहकै सरकार उत्तिकै जिम्मेवार रहने गरेका छन । केन्द्रमा गठन गरिएको संघीय भूउपयोग परिषद्को पहिलो बैठक बसेर बिभिन्न कार्यक्रमगत र नितिगत निणर्य गरेर काम प्रारम्भ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here