नाडा अटो शो आजबाट सुरु हुँदै

फाइल तस्वीर

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।

सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको प्रदर्शनी हुनेछ । यस पटक अधिकांश विद्युतीय गाडीको प्रदर्शनी हुनेछ । चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहने छन् ।

नाडा अटो सोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन् । यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहनेछन् । नाडाले यस पटक चार र दुईपांग्रे सवारीको छुट्टाछुट्टै प्रदर्शनी स्थल निर्माण गरेको छ ।

सोमा टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here