बानेश्वरको दुई हस्पिटलको फोहोर उठाउन रोक

काठमाडौँ । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक लगाइएको छ ।

महानगरपालिकाले आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहर उठाउन रोक लगाइएको हो ।

दुवै स्वास्थ्य संस्थामा रङ्ग संकेतअनुसार जोखिमपूर्ण फोहर राख्ने छुट्टै बिन राखिएको नभेटिएको महानगरलेजानकारी दिएको छ । एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइयो । यसरी बनाइएको पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको बताइएको छ । त्यस्तै स्किन अस्पतालले घरको छतमा राख्ने गरेको पाइएको छ । स्किन अस्पतालका कर्मचारीले खाना पकाउने कोठाको ढोकामै कपडा धुने मेसिन राखिएको मेसिनको छेउमा राखिएको राइस कुकरमा खाना पाकिरहेको थियो । यसैसँग जोडिएको अर्को कोठा अपरेसन थियटर हो ।

अनुगमनका क्रममा देखिएको अवस्थाका बारेमा वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईलेभने ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ। स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको देखिएन । यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहर उठाउन रोक लगाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here