ब्राजिल ट्रान्जिटमा ‘प्रवेशाज्ञा’ अनिवार्य, अन्यथा सोहि विमानमार्फत फिर्ता पठाइने

एआई प्रयोग गरिएको प्रतिकात्मक तस्विर

काठमाडौं। ब्राजिलस्थित नेपाली राजदूतावासले हालै ब्राजिलको साउपाउलो बिमानास्थलको ट्रान्जिट इलाकामा नेपाली सहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचार प्रति यस ध्यानाकर्षण भएको बताएको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरु सकुशल रहेका र आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको बताएको छ ।

दक्षिण अमेरिकाका ब्राजिललगायतमुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ । संगठित रुपमा संचालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको दूतावासले उल्लेख गरेको छ ।

यसै बीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन अनुरोध गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here