पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

काठमाडौं । पर्वतको अर्मादीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एम्बुलेन्समा २ जना बिरामी र एकजना आफन्त सवार थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here