गुरु नानकको स्मृतिमा २५०० को सिक्का

काठमाडौं, १७ असोज । गुरु नानकको ५५० औं जन्मदिनको अवसरमा १ सय, १ हजार र २ हजार ५ सय रुपैयाँको सिक्का सार्वजनिक गरिएको छ ।

काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले संयुक्तरुपमा ति सिक्का सार्वजनिक गरेका हुन ।

सिख समुदायका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा ‘सिख हेरिटेज अफ नेपाल’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

करीब ५ सय वर्ष अगाडि गुरु नानकले काठमाडौंको बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here