दशैंका लागि नयाँ होइन सुकिला नोट, असोज १३देखि साट्न पाइने

काठमाडौं । यसपटकको दशैंका लागि नयाँ नोट नभइ सुकिला नोट साट्न पाइने भएको छ । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलका सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न सकिन्छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएकोमा एकपटक प्रयोगमा आएका सफा नोट साट्न दिन लागेको हो ।

हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here