अन्तत ६ दिन पछी बढ्यो नेप्से, ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । लगातार ६ दिनसम्म ओरालो लागेको नेप्से यो हप्ताको अन्तिम दिन भने उकालो लागेको हो ।

आज ७८ दशमलव १७ अंकले बढ्दै २६ सय ८८ दशमलव ३८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १८ कम्पनीका १ करोड ९४ लाख ३३ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ८ अर्ब १६ करोड ९२ लाख कारोबार भएको छ ।

बिहीबार म्युचुअल फण्डबाहेकका सबै समुह उकालो लाग्दा २ सय २९ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । आज १२ कम्पनीको सेयरमूल्य घट्दा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here