दशैंमा सनराइजको निःशुल्क बस सेवा, उपत्यकाका दुई रुटमा बस चलाउने

काठमाडौं, १८ असोज । सनराइज बैंकले बडा दशैंको टीकाको दिन निःशुल्क बस सुविधा दिने भएको छ ।

आफ्नो १२औं वार्षिकोत्सवको अवसर र दशैंको अवसरमा बैंकले काठमाडौं उपत्यकाका दुई रुटमा असोज २१ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने भएकाले त्यसलाई सम्बोधन गर्न बैंकले यस्तो सेवा सञ्चालन गर्न लागेको बताएको छ ।

‘सनराइज दशैं यात्राहामी संग संगै’ भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन हुनेछ जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट छन् ।

साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिकोत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here