५७ दशमलव ०३ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । सोमबार नेप्से परिसुचक ५७ दशमलव ३ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५८० अंकमा कायम भएको छ ।

आज कारोबार रकममा पनि कमि आएको छ। अघिल्लो दिन १० अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोडमा खुम्चियो ।

आज कारोबारमा आएका सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १ दशमलव ५९, विकास बैंक २ दशमलव ७२, फाइनान्स ५ दशमलव ६६, हाइड्रोपावर २ दशमलव २८, लगानी २ दशमलव ५३, जीवन बीमा १ दशमलव९१, उत्पादन १दशमलव७१, माइक्रोफाइनान्स २ दशमलव ४३, निर्जीवन बीमा १ दशमलव ९१, अन्य २ दशमलव ३३ तथा व्यापार २ दशमलव ७६ प्रतिशतले घटेको छ ।

त्यस्तै १४ कम्पनीको मूल्य बढेको छ भने २२७ को घटेको छ । ३ कम्पनीको स्थिर रहेको छ । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here