भारतको वाराणसीको लागि बुद्धले थप्यो तेस्रो उडान, गयामा सोह्र श्राद्ध गर्न जान थप सहज

काठमाडौं । बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेका छ। यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको जानकारी दिएको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

फाइलफोटो

बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी शुरुवाती एकतर्फि भाडा रु ११३६० रहेको छ । उडान समय काठमाडौंबाट ७:१५ तथा वाराणसीबाट ८:३० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here