संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

बिहीबार संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको पत्तारहेको खुलेको छ ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here